गत शनिबार, 5 जुलाई २०२५ को दिन फार्नबोरो स्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा बाग्लुङ्गे समाज यू. के को वार्षिक भेटघाट कार्यक्रम भव्य र सब्य रूपमा सम्पन्न भएको थियो। बाग्लुङ्गे तथा गैर बाग्लुङ्गेहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा बाग्लुङ्गे समाज यू. के. को इतिहासमै पहिलो पटक बाग्लुङ्गे माटोले जन्माएका आमन्त्रित, आतिथि तथा स्थानिय गरि १३ जना बहुचर्चित कलाकारहरुले एउटै मन्चबाट सांगितिक प्रस्तुति दिएका थिए।
समाजका महासचिब जित पुनज्युको सुरक्षा जानकारीबाट शुरुवात भएको कार्यक्रमको उद्घाटन समाजका जेष्ठ सदश्य, ८७ वर्षीय तुलबहादुर श्रीस मगर, समाजका अध्यक्ष खड्क थापा र पूर्वअध्यक्ष तथा बर्तमान सल्लाहाकार छविमाया पुनले पानसमा बत्ती बालेर संयुक्त रूपमा गर्नु भएको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अतिथिहरुमा पुनमगर समाज यूकेका पूर्वअध्यक्ष तेज राम्जाली, मोना यूकेका उपाध्यक्ष विष्णु भण्डारी, गुल्मी समाज यूकेका अध्यक्ष रुद्र थापा मगर र लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका अध्यक्ष लक्ष्मण राना मगरको उपस्थिति रहेको थियो।
समाजमा उल्लेखनीय टेवा पुर्याउनु हुने व्यक्तित्वहरु, नौमति बाजा समुह, बाग्लुङ्गे भलिबल टिम, उच्च शिक्षा हासिल गर्ने बिध्यार्थिहरु, समाजका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । आमन्त्रित कलाकार युबराज मगर, सिता परियार तथा नितु पुनले सम्पूर्ण कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्षज्युहरु र सल्लाहाकारज्युहरुलाई मायाँको चिनो प्रदान गरेर सम्मान गर्नु भयो । सम्मान कार्यक्रम पश्चात विशेष अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालज्युले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
बाग्लुंगे समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुमानसिंह थापाज्युले स्वागत मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष खड्क थापाज्युले समाजको बार्षिक कार्यक्रम सफल पार्नका लागि उल्लेखनीय भूमिका निभाउनु हुने सदसयहरु र आमन्त्रित सम्पूर्ण पाहुनाहरुलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो।
औपचारिक कार्यक्रमको समापन पश्चात केहि राम्रा नृत्यहरुको साथमा उपस्थित सम्पूर्ण कलाकारहरुको बेजोड प्रस्तुति रह्यो। पुर्व अध्यक्ष छविमाया पुनको प्रस्तुतिमा युबराज मगर र तारा श्रीस मगरको स्वर रहेको ” युकेको लाहुरे ” गितले 1.7 मिलियन भ्युज पुगेको उपलक्षमा छविमाया पुन र युवराज मगरको Cake Cutting Ceremony ले पनि कार्यक्रममा स्थान पाएको थियो। कार्यक्रमको अन्यमा हरेक वर्ष जस्तै यो वर्ष पनि बाग्लुंगको मौलिक डम्फु मादलको साथमा झाम्रे गितले उपस्थित सबै दर्शक श्रोतालाई आफ्नै भेग बाग्लुंग पुर्याएको महाशुस गर्ने अवसर पनि मिल्यो !
