Sat. Apr 27th, 2024

ABOUT

बाग्लुङ्गे समाज यु के

बाग्लुङ्ग समाज यु के कुनै नाफा कमाउने हेतुले खोलिएको संस्था नभएर एक सामाजिक हितको लागि गठन भएको एक समाज भएको जानकारी गराउदछौँ। समाजको आफ्नै कार्यकारिणी समिति छ। नेपालबाट बेलायतमा आई बसोबास गर्नु भएका सम्पूर्ण बाग्लुङ्गेहरुलाई एक सुत्रमा बाध्ने एक मात्र मूल मन्त्र बोकेको यो समाजको जन्म २००८ सालमा भएको थियो। यसका संस्थापक अध्यक्ष बर्तमान सल्लाहाकार लेप्टीनेण्ट (रिटाएर्ड) राजन मल्लज्यु हुनुहुन्छ। स्थापनाकाल देखि नै यो समाजले बर्षको एक पटक बार्षिक भेटघाटको कार्यक्रम गर्दै आएको छ भने हरेक ३ बर्षमा महाधिबेशन गरि ३ बर्षे कार्यकालको लागि कार्यकारिणी सदस्यहरु चयन गर्दै आएको छ। समाजले अहिले सम्म साधारण अनि आपतकालीन गरि दुई प्रकारको सदस्यता वितरण गर्दै आएको छ। तत्कालिन समाजको आबस्यकतालाई मध्यनजर गर्दै आपतकालीन सदस्यताको सुरुवात गरिएको थियो । समाजले यहाँ प्रबाशी बाग्लुङ्गेको हकहितको लागि मात्र काम नगरेर आफ्नो जन्म भूमिमा पर्न गएको प्राकृतिक प्रकोप अनि अकाल्पनिक रोग्ब्यधले ग्रसित दाजुभाई दिदिबहिहरु तथा बाबाआमाहरुलाई पनि सक्दो सहायोग पुर्याउदै आएको छ।

अधिकाम्स बाग्लुङ्गेहरुले सदस्यता लिई सक्नु भएकोछ तर पनि यदि यहाँहरु कोहि छुट्नु भएको या भर्खर मात्र बेलायत आउनु भएको छ भने समाजको सदस्यता लिनु होला र हामी संगै हातेमालो गर्दै समाजको उन्नति र प्रगतिको दिशा तिर संग-संगै अघि बढौंला भन्न चाहान्छौं।


बाग्लुङ्गे समाज यु के परिवार