हरेक वर्ष जस्तै यो वर्ष पनि बाग्लुंगे समाज यु के को आफ्नो बार्षिक कार्यक्रम धुमधामले मनाउनको लागि नेपालबाट, त्यस भित्र पनि बाग्लुंगे माटोले जन्माएका चर्चित कलाकारहरुलाई निमंत्रणा दिने गरेको छ । यसै क्रममा यो बर्ष पनि केहि कलाकारहरु लण्डन आईपुगेका छन् । आउदो सनिबार, ४ जुलाई २०२६ को दिन आयोजना हुन आगिरहेको बाग्लुंगे समाज यु के को बार्षिक भेटघाटको लागि कलाकार द्वय राजेन्द्र बुढा मगर र दिलिप श्रिस मगरलाई बेलायतको लण्डन अन्तराष्ट्रिय बिमान स्थल हिथ्रोमा समाजका कार्यसमितिका सदस्यहरु द्वारा स्वागत गरिएकाछन । कलाकारहरुको स्वागतार्थ समाजका उपाध्यक्ष गुमान सिङ्ग थापा, पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार छबी माया पुन, माहासचिव जित पुन, कोषाध्यक्ष लक्षु पुन, मेडया सेक्रेटरी बिसन थापा, सदस्य शुरेश घर्ति लगायत आमन्त्रित कलाकारहरुका अफन्तजनहरु विना कुमारी पुन, तेजेन्द्र पुन, राजकुमारी धर्ती, बाबु सागर रोका र सानी नानीको उपस्थिति रहेको थियो ।




