Wed. Jul 8th, 2026

गत सनिबार, ४ जुलाई २०२६ दिन बाग्लुंगे समाज यु के ले आफ्नो बार्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ । लण्डन स्थित नेपाली राजदुतावासका तृतीय श्रेणीका सचिब श्री झुपलाल पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम, बिबिध गतिबिधिका साथ् सम्पन्न भएको थियो । समाजको निमंत्रनामा आमंत्रित नेपाली लोक दोहोरी कलाकारहरु राजेन्द्र घर्ति, दिलिप श्रीस अनि अतिथि कलाकार, चर्चित लोक प्रिय गायीका सम्झना भण्डारी साथै स्थानीय कलाकार अन्तोष पुन, नृत्य तर्फ, डान्सर तथा मोडल अस्मिता राना मगर, तारा पुन, लिसरा डान्स ग्रुपआ सदस्यहरुको सामुहिक आकर्षक डान्सको साथ् कार्यक्रम भब्य अनि अभ्य बनेको थियो ।

कार्यक्रमका अन्य आकर्षणहरुमा सम्मान तथा कदर पत्र वितरण, भाग्य चिठ्ठा र कार्यक्रमको अन्त्यमा बाग्लुंगेहरुको आफ्नै मौलिक झ्याउरे घम्साघमसीको साथमा कार्यक्रम मापन भएको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *