Wed. Mar 4th, 2026

गत शनिबार, मार्च १, २०२६ को दिन अल्डरशट स्थित एम्पाईर व्याङ्केटिङ्गको सभा हलमा बाग्लुङ्गे समाज यू. के. को सातौं कार्यसमितिको, पहिलो बार्षिक साधारण सभा अध्यक्ष खड्क थापाको अध्यक्षता सम्पन्न भएको थियो। समाजका उपाध्यक्ष गुमानसिङ्ग थापाबाट उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गरिएको थियो।

उक्त सभामा उपस्थित समाजका विभिन्न ओहोदामा रहेका पधाधीकारीहरुले लिएको जिम्मेवारीको प्रतिबेदन पेस गरेका थिए साथै बाग्लुङ्गे समाज युकेका विधान प्रमुख राम पुनले विधानका केही बुँदाहरू समय सापेक्ष परिवर्तन भएको जानकारी सभालाई गराएका थिए। सभामा के कसरी समाजका भाबि योजनाहरु तय गर्ने र अगाडी पढाउने बिषयमा पनि छलफल भएको जानकारी समाजका मेडिया सेक्रेटरी विशन थापाले गराए।

कार्यक्रमको दोश्रो चरणमा बाग्लुङ्ग जिल्ला भित्रका सक्रिय रूपमा संचालित भातृ संघ/संस्थाका प्रतिनिधिहरूबाट आ-आफ्नो संथाको बारेमा मन्तब्य राखियो। लुङ्गा समाजका अध्यक्ष मन बाहादुर थापा, लेखानी समाजका संस्थापक अध्यक्ष लाल रोका, पँन्चकोट समाजका अध्यक्ष रेशम खडका, चौराहा समाजका अध्यक्ष जित बाहादुर पुन, बाग्लुङग जैमिनी समाजको प्रतिनिधित्वा गर्दै बिसन थापा, पाण्डवखानी समाजका अध्यक्ष खड्क थापा, रिघाली समाजका अध्यक्ष डा भिम पुन र गलकोट समाजको प्रतिनिधित्वा गर्दै राजु बोहराले आआफ्नो समाजको बारेमा छोटो मिठो जानकरी गराएको थिए। अन्त्यमा अन्या केहि बक्ताहरु राजन मल्ल, छाबिमयाँ पुन, मन बहादुर थापा, डोलेन्द्र खड्का, नारामयाँ पुन ले आफ्नो धारणा ब्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *