Wed. Jan 7th, 2026

बाग्लुंगे समाज यु केको निमन्त्रणामा यु के को सांगीतिक यात्रामा आमन्त्रित कलाकार द्वय सिता परियार र नितु पुनलाई लण्डन अन्तराष्ट्रिय बिमान स्थलमा समाजका सदस्यहरुले बिदाई गरे। झन्डै ५ महिने यु के को सांगीतिक यात्रा सफलता पुर्बक सम्पन्न गरेर, गत ७ डिसेम्बर २०२५ को दिन स्वदेश फर्किन लाग्नु भएको थियो। यु के को कार्यक्रममा उहाँहरु संगै आउनु भएका अर्का कलाकार युबराज मगर अझै केहि हप्ता यु के मै रहने निर्णय गर्नु भएकोले उहाँहरु दुई जना मात्र फर्किन लाग्नु भएको थियो। उहाँहरुको कार्यक्रम निकै भब्य र सभ्य रहेको कुरा ब्यक्त गर्दै समाजले दिएको साथ, मायाँ, सम्मान अनि अबिभाबकत्व अविस्मरणीय रहेको जानकारी गराउदै बिदाईको हात हल्लाउदै स्वदेश फर्किनु भयो। समाजको तर्फबाट निबर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहाकार छाबिमयाँ पुन र अन्य सदस्यहरुले बाग्लुंगे समाज यु के को बार्षिक कार्यक्रम सफल पारिदिनु भएकोमा उहाँहरुलाई हार्दिक धन्यबाद दिदैं आगामी दिनहरुमा उहाँहरुको सांगीतिक यात्रा सफल रहोस भन्ने कामनाका साथ बिदाई गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *