५ जुलाईमा सम्पन्न, बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट कार्यक्रम २०२५ का लागि नेपालबाट आमन्त्रित कलाकारहरुलाई गत सनिबार, २२ नोभेम्बर २०२५ को दिन अल्डरशट स्थित आम्पाएर हालमा समाजले ससम्मान बिदाई कार्यक्रम सम्पन्न गरेको थियो। बाग्लुंगे समाज यु के को निमन्त्रणामा नेपालबाट पाल्नु भएका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरु सिता परियार, युबराज मगर र नितु पुन, यु के को ५ महिने सांस्कृतिक यात्रालाई बिट मार्दै, केहि दिनमा स्वदेश फर्किदै हुनुहुन्छ। उहाँहरुको स्वदेश फिर्ती यात्रा आरामदायी रहोस साथै आउँदा दिनहरुमा सांस्कृतिक यात्रा अझै उज्ज्वल, अझै सफल बनोस भन्ने कामनाको साथ समाजले बिदाई कार्यक्रम सम्पन्न गरेको थियो। कलाकारहरुलाई समाजको तर्फबाट अध्यक्ष श्री खड्क थापाज्युले खादा र मायाँको चिनो प्रदान गरेर सम्मान गर्नु भएको थियो। अन्य उपस्थित सदस्यहरुले पनि आ-आफ्नो तर्फबाट सम्मान गर्नु भयो।
समाजका सचिब श्री जित बहादुर पुनज्युले कार्यक्रम संचालन गर्नु भएको थियो भने समाजका उपाध्यक्ष श्री गुमनशिंह थापाज्युले उपस्थित समाजका सदस्यहरुलाई स्वागत अनि कलाकारहरुलाई शुभ यात्रा साथै सफल सांगीतिक यात्राको शुभकामना मन्तब्य दिनु भयो। तिनै जना कलाकारहरुले पनि आफ्नो ५ महिने यु के बसाईमा देखे, भोगेका अनुभबहरु ब्यक्त गर्दै समाजलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष श्री खड्क थापाज्युले उपस्थीत सबै सदस्यहरुआई धन्यवाद दिंदै कलाकारहरुको उज्वल भविष्यको कामनाको साथ शुभयात्राको पनि कामना गर्नु भएको थियो।





