Sat. Apr 27th, 2024

यो वर्षको बाग्लुङ्गे समाज युकेको वार्षिक भेटघाट कार्यक्रम यही आउँदो शनिबार, २२ जुन २०२४ को दिन अल्टरसटको एम्पायर हलमा धुमधामको साथ गरिने भएको छ। कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकारहरु, हाम्रै बाग्लुङ्गे चर्चित लोक दोहोरी गायक युवराज मगर र गायिका दिलु सलामी मगरले यहाँहरू माझ दोहोरी, सोरठी, सालेैजौ, ठाडो भाका, कौडा र यानिमया जस्ता बेजोड प्रस्तुतिहरु लिएर आउदै हुनुहुन्छ । यसैगरी हाम्रा स्थानीय कलाकारहरु, स्विन्डनबासी बागलुङेहरूको सोरठी, सन्तोष पुनको स्टेज प्रस्तुति , साथै बाग्लुंग समाजको आफ्नै बागलुङे नौमती बाजा, बाग्लुंग जील्लाको मौलिकता झल्किने डम्फु मादलको साथमा झ्झ्याउरे धुमधामका साथ रमाईलो कार्यक्रम रहेको जानकारी गराउदछौं । तसर्थ उक्त दिन बेलायतबासी सम्पूर्ण बाबा-आमा, दाजु-भाई, दिदी-बहिनी साथै भान्जा-भान्जीहरुभाई भेटघाट भएर भलाकुसारी, स्वादिस्ट खानापिनाको साथमा कार्यक्रम सम्पन्न पार्नको लागि निम्न लिखित स्थान, मिति र समयमा चुले निम्तो आह्वान गरिएको छ

Venue:- Empire Hall
High St, Aldershot
GU11 1DJ

Date/Time:-
22 June 2024
Saturday 11AM – 11PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *