बाग्लुंगे समाज यु के को निमन्त्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी मौलिक लोक तथा दोहोरी गायिका दिलु सलामीज्यु , सांगीतिक प्रस्तुति शफलाताको साथ सम्पन्न गरेर नेपाल फर्किनु भएको छ। ५ महिनाको बसाईलाई बिट मार्दै गत ४ डिसेम्बर २०२४ को दिन लन्डन बिमानस्थलबाट स्वदेश प्रस्थान गर्नु भएको छ। समाजका निबर्तमान अधक्ष तथा वर्तमान सल्लाहकार श्रीमती छाबिमयाँ पुन, समाजका सदस्य श्री दुर्गा समालीज्यु र उहाँकी धर्मपत्नी शुशिला सलामीज्युले उहाँको शुभयात्रा अनि भबिष्यमा अझै सांगीतिक उन्नतिको शुभकामना ब्यक्त गर्दै उहाँलाई बिदा गर्नु भएको थियो।