Tue. Feb 11th, 2025

बाग्लुंगे समाज यु के को निमंत्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी बग्लुंगे चेली, दिलु सलामी मगरज्युको स्वदेश फर्किने समय नजिकिदै गर्दा बग्लुंगे समाज यु केले उहाँको बिदाई कार्यक्रम सम्पन्न गरेको छ। दिलु सलामीज्यु , गत २२ जुन २०२४ मा सम्पन्न भएको बाग्लुंगे समाज यु केको बार्षिक भेटघाटको कार्यक्रममा सहभागी भएर आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि बेलायत आउनु भएको थियो । झन्डै ६ महिना बेलायत बसाईको क्रममा बेलायतको विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राखेर धेरै भन्दा धेरै बेलायतबसीको मन जितेर अब निकट भबिष्यमै स्वदेश फर्किन लग्नु भएको छ। उहाँको स्वदेश फिर्ती यात्रा शफल रहोस साथै सांगीतिक जीवनमा अझै सफलताको कामना ब्यक्त गर्न बाग्लुंगे समाज यु केले यहि १९ नोबेम्बर २०२४ को दिन अल्डरशट स्तिथ The Palace Restaurant मा उहाँको बिदाई कार्यक्रम सम्पन्न गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *