Sat. Apr 27th, 2024

बाग्लुङ्ग जिल्ला, जैमिनी नगर पालिका वार्ड नं. ९ पैउँ थनथापमा जन्मनु भएका एक होनहार तथा प्रतिभाशाली व्यक्तित्व, राजेश बर्देवा, आफूलाई गायक र कुशल कार्यक्रम प्रस्तोताको रूपमा परिचित गराउँदै आउनु भएको छ। उहाँ बाग्लुङ्गे समाज यू. के. को निमन्त्रणामा, ३ जुलाई २०२३मा बेलायत आउनु भयको थियो। ५ महिनाको बेलायतको सांगीतिक यात्रा पश्चात यहि ७ डिसेम्बर नेपाल फर्किदै हुनुहुन्छ। बेलायतका विभिन्न शहरहरुमा आफ्नो सांगितीक प्रस्तुतिहरु राख्दै बेलायतबासी नेपालीहरुको मनमा बस्न सफल हुनुभयो। वाग्लुङ्गे समाज यू. के.ले बेलायत आउने सपना पुरा गरीदिएको र सोचेको भन्दा धेरै सफलता मिलेको भन्दै बाग्लुङ्गे समाज यू. के.लाई धन्यवाद तथा ससम्मान ब्यक्त गर्नको लागी शनिबार, २ डिसेम्बरको दिन अल्डरशट स्थित ठमेल रेष्ठुरेण्टमा संगितिक कार्यक्रमको आयोजना गरेर सबै बाग्लुंगे तथा गैर बाग्लुंगेहरुलाई निमन्त्रणा गर्नु भएको थियो । उक्त कार्यक्रमको अन्त्यमा राजेश बर्देवाजीज्युले आमा समान मान्दै आउनुभएका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छबी माया पुन तथा बरिष्ठ उपाध्यक्ष खडक थापाज्युलाई दोसल्ला ओढाएर सम्मान गर्दै बार्षिक भेटघाट कार्यक्रमको “सम्झना लायक” तस्विर सहितको फोटो फ्रेम प्रधान गर्नु भयो । समाजका उपाध्यक्ष मेजर रिटायर्ड रुद्र छन्ट्यालज्युले फेटा लगाई दिएर सम्मान गर्नु भयो भने छबी माया पुनज्युको बाहुलीबाट मायाको चिनो सुनको औंठी प्रधान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम महासचिब शेर पुनज्युले संचालन गर्नु भएको थियो।

अन्तमा, बा. स. यू. के. का अध्यक्ष धन वुढाथोकी लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु सदस्यहरुको तर्फबाट लोक/पब गायक तथा उद्घोशक राजेश बर्देवाज्युको सांगितिक यात्रा निरन्तर अगाडी बढिरहोस भन्दै न्यानो मायाँ अनि हार्दिक शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *