तंग्राम समाज यु के ले हरेक वर्ष जस्तै यो वर्ष पनि आफ्नो बार्षिक भेटघाट गत सनिबार, १९ अगस्ट २०२३ को दिन पारिवारिक वातावरणमा सम्पन्न गरेको छ । बाग्लुंग जिल्लाका विभिन्न समाजको निमन्त्रनामा आमन्त्रित चर्चित कलाकारहरु राजेश बर्देवा, देवी घर्ति अनि ईश्वर शिंह ज्युहरुको उपस्थितिले यो वर्षको कार्यक्रम बिशेष रहेको जानकारी पाईएको थियो। उक्त भेटघाट कार्यक्रममा बाग्लुंगे समाज यु के का निबर्तमान अधक्ष, श्रीमती छबीमायाँ पुन, उपाधक्षा श्री रुद्र छन्त्याल, नौमती संयोजक श्री भिम थापा, नौमती सह-संयोजक तिर्थ साही ज्युहरुको पनि उपस्थिति रह्यो ।