बाग्लुंग जिल्ला, काठेखोला गाउँपालिका वडा नम्बर ८, लेखानी निवासी श्रीमती पार्वती पुनज्यु लामो समय देखि ब्रेस्ट क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित हुनुहुन्छ। हाल उहाँ भरतपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार गराईरहनु भएको छ। उहाँको आर्थिक स्थिति कम्जोर भएको कारण, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक सहयोकको लागि अनुरोध गर्नु भएको थियो। त्यसै क्रममा बाग्लुंगे समाज यु के ले पनि समाजका निबर्तमान अधक्ष तथा बर्तमान सल्लाहकार श्रीमती छाबिमयाँ पुनज्युको सम्योजकत्वमा बेलायतबासी सम्पूर्ण बाग्लुंगे तथा गैर बाग्लुंगेहरुबाट केहि आर्थिक सहयोग संकलन गरिएको थियो। उक्त संकलित रकम रु ३,८०,०००/- ( तिन लाख असि हजार रुपैयाँ ) समाजका सह-कोषाध्याक्ष श्री जङ्ग पुनज्युले, बिरामीको गाउँ, लेखानी पुगेर उहाँकी सासूआमा श्रीमति हिरा पुनज्युलाई, गत ४ डिसेम्बर २०२४ का दिन हस्तान्तरण गर्नु भएको थियो।


