बाग्लुंगे समाज यु के ले आफ्नो बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन गत २२ फेब्रुअरी २०२५मा सम्पन्न गरेको छ।तात्कालिन अध्यक्ष श्री धन बुढाथोकी र सल्लाहाकार श्रीमती छबीमायाँ पुनज्युले पानसमा बत्ति बालेर सभाको उद्घाटन गर्नु भएको थियो भने निबर्तमान बरिष्ठ उपाधक्ष श्री खड्क थापाज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो। समाजका भिभिन्न ओहोदामा रहनु भएका पदाधिकारीज्युहरुले आ-आफ्नो कार्यभारको प्रगति बिबरण प्रस्तुत गर्नुका साथै उपस्थित सदस्यहरुबाट उठेका जिज्ञाशाहरुलाई प्रस्त्यईदिनु भएको थियो। समाजका तात्कालिन महासचिब श्री सेर पुनज्युले सो कार्यसमितिको समयावधिमा भए गरेका कार्यहरुको संछिप्त विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको पहिलो भागको अन्यमा बोल्दै निबर्तमान अधक्ष श्री धन बुढाथोकीज्युले आफ्नो कार्यकालमा कर्यरत सपुर्ण सदस्यहरुलाई धन्यबाद दिदै बाग्लुंगे समाज यु केको छैटौँ कार्यसमिति बिघटन भएको घोषणा गर्नु भएको थियो।
छैटौँ कार्य समितिको बिघटन पश्चात बाग्लुंगे समाज यु केले नयाँ कार्यसमिति पाएको छ। श्री खड्क थापाज्युको अधक्षतामा २७ सदस्यसहितको नयाँ कार्यसमिति चयन भएको छ। नबनिर्बाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना आदान प्रदान सहित कार्यक्रमको बिट मारिएको थियो।



