Mon. Apr 21st, 2025

बाग्लुंगे समाज यु केको ७औं कार्यसमितिले आफ्नो पहिलो बैठक गत, सनिबार, १५ डिसेम्बर २०२५ को दिन अल्डरशट स्थित “द प्यालेस रेस्टुरेन्ट” को सभा हलमा सम्पन्न गरेको छ। समाजका अध्यक्ष खड्का थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले समाजका लागि ११ सदस्यीय सल्लाहाकार छनौट गरेको छ। क्षेत्रीय प्रतिनिधिको हकमा यु के बासी बाग्लुंगेहरुको भेगीय, क्षेत्रीय, जातीय स्तरमा गठित समाजहरुबाट एक एक जना प्रतिनिधि समाबेश गरिने निर्णय भएको छ।

बाग्लुंगे समाज यु के ले हरेक वर्ष जस्तै यो वर्ष पनि आफ्नो बार्षिक भेटघाट कार्यक्रम मनाउने तिथि मिति स्थान तय भैसकेको र छिट्टै हुन गईरहेको उक्त कार्यक्रमको ब्यबस्थापनमा जुटी हाल्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै उक्त बिषयमा बृहत छलफल भएको थियो। बार्षिक कार्यक्रमको लागि फंडीङ्ग, ब्यबस्थापन, संचालन तथा कार्यविभाजन जस्ता विषयमा निकै चासोका साथ छलफल भएको थियो। गत वर्षहरुमा जस्तै यो वर्ष पनि आफ्नो बार्षिक भेटघाट सफल पार्नको लागि स्थानीय कलाकारहरुको साथमा नेपालबाट पनि आफ्नै जिल्लाको माटोले जन्माएको चर्चित कलाकारहरुलाई निमन्त्रणा दिने परम्परालाई कायम राखेको जानकारीको साथ बैठक समापनको घोषणा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *