हरेक बर्ष जस्तै बाग्लुंगे समाज यु . के. को बार्षिक भेटघाट कार्यक्रम यो बर्ष पनि 5 जुलाई, सनिबारको दिन सामुयल कोडी स्कुल, फार्नबोरो, GU14 8SN मा भब्यताको साथ मनाउन गईरहेको छ I सम्पूर्ण यू के बासी बाग्लुङ्गे तथा गैर बाग्लुङ्गे परिवारमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनको लागि निमन्त्रणा गरिएको जानकारी आएको छ I यो बर्षको बार्षिक भेटघाट कार्यक्रम अध्यक्ष खड्क थापाको अध्यक्षतामा गठित सतौं कार्यसमितिको तत्वधानमा हुन गईरहेको छ । बार्षिक भेटघाट कार्यक्रमलाई आकर्षक तथा मनोरन्जनात्मक बनाउनको लागि हाम्रै बाग्लुङ्गको माठोले जन्मायका ख्याती प्राप्त कलाकारहरु युबराज मगर, नितु पुन र सिता परियारलाई स्पोन्सर गरिसकियको छ I उक्त कार्यक्रममा अन्य संघ संस्था मार्फत यू. के आईसकेका बाग्लुङ्ग जिल्लाका ख्यातिप्राप्त कलाकारहरुको पनि उपस्थिति र समयले साथ दिएसम्म उहाँहरुको केही प्रस्तुति रहने छ । बाग्लुङ्गे समाज यू के को आफ्नै नौमती बाजाको रौनकताको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती सहित हाम्रै छोरी चेलीहरुको बेजोड नृत्यको पनि प्रस्तुति रहने छ। कार्यक्रमको अन्त्यमा कार्यक्रमलाई बाग्लुङ्गेमय बनाउनको लागी सधा झैं डम्फु मादल सहितको झयाम्रे भाकाको प्रस्तुति पनि रहने छ I