शनिबार ५ जुलाईको दिन आयोजना गरिएको बाग्लुङ्गे समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०२५, अब तिन हप्ता र केही दिन मात्रै बाँकी छ । कार्यक्रमलाई मनोरन्जनात्मक साथै अविस्मरणिय बनाउनको लागि समाजले हरेक बर्ष बाग्लुङ्गको माटोले जन्माएका राष्ट्रिय स्तरका चर्चित कलाकारहरुलाई निमन्त्रणा दिदै आईरहेको परम्परा कायमै राख्दै यस पटक चर्चित कालाकारहरु युवराज मगर, नितु पुन र सिता परियारलाई निमन्त्रणा दिएको साथै भिसा पनि प्राप्त भैसकेको जानकारी आएको छ । वार्षिक भेटघाट कार्यक्रममा थप आकर्षणको रुपमा आफ्नै बाग्लुंगे नौमती बाजा, स्थानीय कलाकारहरु द्वारा प्रस्तुत नृत्यहरु तथा आकर्षक पुरस्कार सहितको राफल ड्रो पनि संचालन हुनेछ । बाग्लुङ्ग जिल्लाको मौलिक झ्यामरे भाकामा आमन्त्रित कलाकारहरु संग दोहोरी गाउन पाउने व्यवस्था पनि गरिएको छ । यस पटक अथिती कलाकारको रूपमा बिभिन्न संघ संस्थाहरू मार्फत यू. के. आईसकेका बाग्लुङ्गे चर्चित कलाकारहरु अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देबी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल, र स्रिष्टी मगर को पनि उपस्थिती रहने छ र समयले साथ दियसम्म सबै अतिथी कलाकारहरुको एक एकवटा प्रस्तुति रहनेछ तसर्थ सपरिवार उपस्थित भई स्वदिस्ट खानपिनको साथ रमाईलो गर्नुको लागी सबैलालई हार्दिक आमन्त्रण गरिएको जानकारी आएको छ ।