Tue. Jul 15th, 2025

बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट २०२५ को कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरु युवराज मगर, सिता परियार र नितु पुन यु के आइपुगेका छन ! बुधबार, २ जुलाई २०२५का दिन उहाँहरुको स्वागतार्थ कार्यसमितिका अधिकांस सदस्यहरु लन्डन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित थिए । कलाकारहरुको स्वगतमा समाजका अध्यक्ष खड्क थापा सहित पूर्वअध्यक्ष छविमाया पुन, उपाध्यक्ष गुमानसिङ्ग थापा, निवर्तमान महासचिव शेर पुन लगायत अन्य पदाधिकारीहरू लक्ष्मण पुन, लक्ष्छु राना, प्रेम छन्त्याल, बिसन थापा, नन्द पुन, सदस्यहरु लाल रोका, कृष्ण रोका, फूल शिरिस र उनको श्रीमती र हाल यूकेमै रहनु भएकी लोकदोहोरी गायिका अनुपा रोका मगर पुगेका थिए । आमंत्रिक कलाकारहरुलाई भब्य स्वागत गरिएको थियो । कार्यक्रम ५ जुलाई २०२५ को दिन फार्नबरो स्थित स्यामुयल कोडी स्कुलमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *