Fri. May 3rd, 2024

बाग्लुङ्गे समाज बेलायतले यहि आईतबार, ६ तारिख २०२२ को दिन आफ्नो ५औं महाधिबेशन सम्पन्न गरेको छ। अल्डरशटको एम्पायर हलमा सम्पन्न भएको ५औं महाधिबेशनमा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहाकार श्री राजन मल्ल, निबर्तमान अध्यक्ष तथा सल्लाहाकार श्री दिपक काउचा तथा तत्कालिन अध्यक्ष श्रीमती छाबिमायाँ पुनज्युले पानसमा बत्ति बालेर समारोहको समुद्घाटन गर्नु भएको थियो। समारोहमा उपस्थित सम्पूर्ण बाग्लुङ्गे समाजका सदस्यहरुलाई स्वागत गर्दै तात्कालिन समाजका महासचिब श्री मित्र थापाज्युले कार्यक्रम संचालन गर्नु भयो भने समितिका अन्य पधाधिकारीज्युहरुले आ-आफ्नो जिम्मेवारीको प्रतिबेदन पेस गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो भागमा समाजका तात्कालिन अध्यक्ष्य श्रीमति छाबिमायाँ पुनज्युले आफ़्नो ३ बर्षे कार्यकालमा कार्यकारी पदमा बसेर उल्लेखनिय काम गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई फेटा, दोसल्ला, खादा तथा समान पत्र हस्तान्तरण गर्दै सबै जनालाई धन्यबाद दिनु भएको थियो। तत्पश्चात बेलायमा रहनु भएका सम्पूर्ण बाग्लुङ्गेहरुलाई आफ्नो कार्यकालमा धेरै सहयोगी मनहरु पाएको, आउने नयाँ समितिलाई पनि त्यत्तिकै मायाँ र सम्मान दिनु होला भन्ने अभिव्यक्ति राख्दै साथै ५औ महाधिबेशनबाट गठन हुन गैरहेको नयाँ कार्य समितिलाई सफल कार्यकालको अग्रिम शुभकामना ब्यक्त गर्दै निकै भाबुक मुद्रामा ४औ महाधिबेशनबाट गठित कार्य समिति बिघटन भएको जानकारी गराउनु भएको थियो !

कार्य समिति बिघटन भए लगत्तै श्री राजन मल्लज्युको समज्योकत्तोमा गठित ३ सदस्य निर्बाचन आयोगले बाग्लुङ्गे समाज बेलायतको नयाँ कार्य समिति चयन गरेको थियो। बाग्लुङ्गे समाजको नयाँ कार्य समितिको अध्यक्षता तत्कालिन समितिका बरिष्ठ उपाध्यक्ष श्री धन बुढाथोकीज्युले गर्नु भएको छ।

५ औं महाधिबेशनबाट गठिट बाग्लुङ्गे समाजका कार्यकारिणी पधाधिकारीहरु यस प्रकार छन।

अध्यक्ष – धन बुढाथोकी

बरिष्ठ उपाध्यक्ष – खड्का थापा

उपाध्यक्ष – मित्र थापा

उपाध्यक्ष – रुद्र छन्त्याल

महासचिब – शेर पुन

सह सचिब – अशोक बुढाथोकी

कोषाध्यक्ष – हिरा पुन

सह-कोषाध्यक्ष – जंग पुन

महिला प्रतिनिधि – प्रेरणा खड्का

सह महिला प्रतिनिधि – गोमा रिजाल

सांस्कृतिक सचिब – कृष्ण रोका

सह सास्कृतिक सचिब –

मेडिया सचिब – बिशन थापा

सह मेडिया सचिब – याम श्रेष्ठ

वेव मास्टर – नन्दलाल पुन

नौमती प्रतिनिधि -भिम थापा

सह नौमती प्रतिनिधि – तिर्थ शाही

नब बियुक्त पदाधिकारीहरुलाई खादा लगाएर शुभकामना दिने कार्यक्रम पश्चात निर्बाचन आयुक्त श्री ओम पुनज्युले निर्बाचित सम्पूर्ण पदाधिकारीहरुबाट गोपनियताको सपथ पनि लिनु भएको थियो ! बाग्लुङ्गे समाजको नयाँ कार्य समितिलाई सफल कार्यकालको धेरै शुभकामना छ !

जय बाग्लुङ्गे समाज

नन्दलाल पुन

वेव मास्टर

बाग्लुङ्गे समाज यु के

Leave a Reply

Your email address will not be published. Required fields are marked *