Sun. May 5th, 2024

बाग्लुङ्गे सम्माज यू के को छैठौं कार्यसमितिको पहिलो बार्षिक साधारण सभा सनिबार, १ अप्रिल २०२३ को दिन अल्डर्शट स्थित द प्यालेस रेस्टुरेन्टमा सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवातमा बिगत वर्षमा दिबंगत सम्पूर्ण यु के बासी बाग्लुंगेहरुको आत्माको चीर शान्तिको कामनाको गर्दै एक मिनेट मौनधारण गरिएको थियो । तत्पश्चात बाग्लुंगे नौमती बाजाको नगडाको साथमा बर्तमान अध्यक्ष धन बुढाथोकीज्यु र निबर्तमान अध्यक्ष तथा सल्लाहाकार छाबिमया पुनज्यु द्वारा पानसमा बत्ति बालेर सभाको समुद्घाटन गर्नु भएको थियो। समाजका बरिष्ठ उपाध्यक्ष खड्का थापाज्युले उपस्थित सम्पूर्ण बाग्लुंगे सदस्यहरुलाई स्वागत गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष हिरा पुनज्युबाट बार्षिक आर्थिक बजेट रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । समाजका सचिब सेर पुनज्युले समाजले गत वर्ष गरेको सम्पूर्ण कार्यक्रमहरुको प्रतिबेदन प्रस्तुत गर्नु भयो । कार्यक्रमको उत्तरार्धमा अब आउने कार्यक्रम बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट, ८ जुलाई २०२३ मा तय गरिएको बिषयमा सामुहिक रुपमा छलफल गरिएको थियो । समाजका बरिष्ठ व्यक्तित्वहरु मेजर रिटायर्ड सोवित हमाल, मेजर रिटायर्ड रुद्र छन्त्याल, क्याप्टेन रिटायर्ड धन कनवार, क्याप्टेन रिटायर्ड राम बहादुर पुन साथै पुर्व अध्यक्ष तथा सल्लाहाकार दीपक काउछाज्युहरुले आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो। अन्त्यमा सहकोषाध्यक्ष जंग पुनज्युलेआफ्नो मन्तब्य राख्दै गोर्खा वेल्फेर बेनी देखि बाग्लुङ्ग बजारमा सरेको नयाँ जानकारी पनि दिनु भएको थियो । अन्त्यमा अध्यक्ष धन बुढाथोकीज्युले उपस्थीत सबै महानुभावहरुलाई धन्यवाद दिदै बार्षिक साधारण सभा समापन भएको घोषणा गर्नु भयको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *