Sun. May 5th, 2024


बाग्लुङ्गे समाज यु के को बार्षिक भेला २०२३ को तयारी झन्डै अन्तिम चरणमा पुगेको जानकारी समाजका मेडिया सेक्रेटरीज्युले समाजको आफ्नै आधिकारिक फेसबुकबाट गराउनु भएको छ। यू के बासी सम्पूर्ण बाग्लुङ्गे आमा-बाबाहरु, दाजु-भाईहरु, दिदि-बहिनिहरु, भान्जा-भान्जीहरु साथै उहाँहरुका आफ़नजनको भब्य उपस्थितिको लागि चुलई निम्तोको आह्वान पनि सोहि पेज मार्फत गर्नु भएको छ।

कार्यक्रम भब्य र सभ्य पार्नको लागि नेपालबाट कलाकारहरु आमन्त्रण गरिएको जानकारी पनि उहाँले दिनु भएको छ। जस मध्ये राजेश बर्देवा, रिना के सी नेपालबाट आउदै हुनुहुन्छ भने, यु के सांगीतिक यात्रामा रहनु भएकि, बाग्लुङ्गे चेली देबी घर्तिमगरज्युको पनि उक्त कार्यक्रममा उपस्थिति तथा प्रस्तुनी रहने जानकारी पनि दिनु भएको छ। बाग्लुङ्गे समाज यू केको आफ्नै नौमती बाजा, कौडा नृत्यको बेजोड प्रस्तुति रहने जानकारी पनि दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *