Sun. May 5th, 2024

बाग्लुङ्गे समाज बेलायतले अन्य वर्ष जस्तै यो बर्ष पनि बार्षिक भेटघाट कार्यक्रम निकै भव्यताका साथ, गत सनिबार, ८ जुलाई २०२३ दिन फार्नबर स्थित स्यामुल कोडि स्कुलमा सम्पन्न गर्यो। यस पटकको बार्षिक भेटघाटलाई भब्य र शभ्य पार्नको लागि नेपालबाट लोक तथा पब गायक, बाग्लुङ्गे ठिटो, राजेश बर्देवाज्यु, जापानमा आफ्नो कर्म थलो बनाउदै आउनु भएकी लोक गायीका, बाग्लुङ्गे चेली, रिना के सीज्यु साथै अहिले बेलायतको सांगीतिक यात्रामा रहनु भएकी अर्की बाग्लुङ्गे चेली, देबी घर्ति मगरज्युहरुको उपस्थिती थियो। बाग्लुङ्गे समाजको आफ्नै नौमती बाजा, साथमा स्थानीय कलाकारहरुको पनि उपस्थिति थियो। उहाँहरुको धमाकादार प्रस्तुतिले निकै हर्सोल्लासमय बाताबरण त थियो नै त्यसै माथि कार्यक्रमको अन्तिम चरणमा बाग्लुङ्गेहरुको परापुर्बकाल देखि चलि आएको परम्परागत झ्याउरे गीतले बाग्लुङ्गेको बिशेष मौलिकपन झल्काएको मात्र थिएन हरेक वर्ष बाग्लुङ्ग बजारमा लाग्ने चैते दशै मेलाको झझल्को पनि मेटाइदिएको अनुभव सबै बाग्लुङ्गेहरुको मुखारबिन्दुबाट सुन्न पाईयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *