Mon. Apr 21st, 2025

बाग्लुङ्गे समाज यु के ले आफ्नो बार्षिक कार्यक्रम २०२३ को लागि आमन्त्रित कलाकार द्वय रिना के सी र राजेश बर्देवाज्युलाई गत बिहिबार, २७ जुलाई २०२३ मा अल्डर्शट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त सम्मान तथा बिदाई कार्यक्रममा अध्यक्ष धन बुढाथोकी, निवर्तमानअध्यक्ष छविमाया पुन, वरिष्ठ उपाध्यक्ष खड्का थापा, उपाध्यक्ष रुद्र छन्त्याल, कोषाध्यक्ष हिरा पुन, सांस्कृतिक सचिव कृष्ण रोका, सल्लाहकारहरु लाल रोका, नमती पुन, एरिया सदस्य राम थापा, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु र शुभेच्छिक शुभचिन्तकहरुको पनि उपस्थिति थियो। समाजका बरिष्ठः उपाध्यक्ष श्री खड्का थापाज्युले कार्यक्रम संचालन गर्नु भएको थियो भने समाजका अध्यक्ष श्री धन बुढाथोकीज्युले यस बर्षको बार्षिक भेटघाट भब्य र शभ्य भएको जानकारी गराउदै कलाकारहरुलाई अन्तर्मन देखि धन्यबाद ज्ञापन गर्नु भएको थियो। समाजका उपस्थित पधाधिकारीले कलाकारज्युहरुलाई खादा र मायाको चिनो प्रदान गर्दै भबिस्यमा अझै उन्नति, प्रगतिको कामना सहित बिदाई कार्यक्रम समापन भएको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *